arrow

काँग्रेस र माओवादीको गठवन्धन कायम हुनुपर्ने पक्षमा सिटौला

logo
प्रकाशित २०७४ जेठ १० बुधबार
krishna-prasad-sitoula.jpg.jpeg

काठमाडौं। नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले काँग्रेस र माओवादीको गणवन्धन कायम हुनुपर्ने बताएका छन्। काँग्रेस र माओवादीको गठवन्धन नेपाली राजनीतिको जवर्जस्ती आवश्यकतामा बनेको उल्लेख गर्दै त्यसको औचित्य नसकिएको सिटौलाले बताएका हुन्। 

काँग्रेस र माओवादीको समिकरण तोड्न विभिन्न कोणबाट प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई तोड्न दिन नहुनेतर्फ काँग्रेस र माओवादीको सचेत पहल हुनुर्ने उनले बताए। 

हाम्राकुरासँग कुरा गर्दै सिटौलाले नेपाली काँग्रेस र माओवादीका अध्यक्षबीच भएको सहमति पनि पालना हुनुपर्ने बताए। काँग्रेस सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रीबीच गठवन्धनका बेला जे  सहमति भएको छ त्यो सहमति पालना हुनुपर्ने सिटौलाले बताए। सहमति कार्यान्वयन गर्दा विश्वासको वातावरण वन्दै सहकार्य थप मजवुद हुने उनले बताए।

एमालेले नेपाली काँग्रेस र माओवादी बीचको सत्ता गठवन्धन टुटाउन विभिन्न प्रस्ताव गरिरहेको बेलामा सिटौलाले माओवादी र काँग्रेसले जिम्मेवारीवोधका साथ गठवन्धन कायम राख्नुपर्ने बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ