arrow

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै आज राजिनामा दिने 

logo
प्रकाशित २०७४ जेठ १० बुधबार
cabinet-prachanda.jpeg

काठमाडौ।  प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा प्रधानमन्त्री कार्यालयबाट बुधवार ४ बजे सम्बोधन गर्ने तयारी गरेका छन। सो कुरा उनको सचिवालय हेर्ने छोरा प्रकाश दाहालको फेसबुकमा समेत सार्वजनिक गरेका छन्। राष्ट्रको नाममा सम्बोधन गर्दै संभवत आजै प्रधानमन्त्रीबाट राजिनामा गर्ने स्रोतले बताएको छ।

संसदमा सम्बोधन पछि राजिनामा दिने उदेश्यले मंगलबारको संसदमा बोल्नको लागि प्रधानमन्त्रीले समय लिएका थिए। तर  एमालेको मंगलबार र आज बिहान समेत संसद लगातार अवरोध गरेका कारण त्यो सम्भव नभएपछि राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने विकल्पमा पुगेको बताइन्छ।

पहिलो चरणको निर्वाचन पछि कांग्रेससग भएको सम्झौता बमोजिन प्रधानमन्त्रीबाट राजिनामा दिन प्रचण्ड तयार भएका हुन् ।  मंगलबार नै संसदलाई सम्बोधन गरेर राजनीमा दिने तयारी  गरे पनि प्रधानमन्त्री दाहालले एमालेले संसद अवरोध गरेका कारण संसदमा सम्बोधन गर्न पाएनन् । मंगलबार बैठक चल्न नसकेपछि उनको राजिनामा समेत अन्योल बन्ने पो हो की भन्ने शंका उब्जिएको थियो । कतिपयले जेठ ३१ मा हुने स्थानीय निर्वाचन पछि मात्र प्रधानमन्त्री दाहालले राजिनामा दिनु उपयुक्त हुने बताएका थिए।

एमालेका अध्यक्ष केपी ओलीले त मंगलबार पत्रकार सम्मेलन नै गरेर २० दिन ( स्थानीय निकायको निर्वाचन पछि ) मात्र  राजिनामा दिन सुझाव समेत दिएका थिए । यो सुझावलाई कतिपयले सत्ता प्राप्तिको लागि खेलिएको रणनीतिको रुपमा हेरेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ