arrow

दोस्रो चरणमा पनि उम्मेदवार जिताउने रणनीतिमा एमाले

logo
प्रकाशित २०७४ जेठ १० बुधबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौँ । नेकपा एमालेको स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले पहिलो चरणको निर्वाचनको अनुभवबाट शिक्षा लिँदै दोस्रोचरणको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सिङ्गो पार्टीलाई परिचालित गर्ने निर्णय गरेको छ ।

पार्टीका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा एमाले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षमा सबै उम्मेदवारले प्राप्त गरेको मत परिणाम, नगरपालिका र गाउँपालिकामा पार्टीका तर्फबाट विजयी बनेका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको नामावली छिटो भन्दा छिटो पार्टीको केन्द्रीय कार्यालयमा पठाउन सबै जिल्ला कमिटीलाई निर्देशन दिएको एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

त्यसैगरी, निर्वाचनमा विजयी हुनुका पाँच आधार र निर्वाचनमा पराजित हुनुका पाँच कारण, निर्वाचनका क्रममा प्रशासनको भूमिका, पार्टीको आन्तरिक परिचालन तथा उम्मेदवार तालमेलको प्रभाव र अनुभववारे पनि छिटो भन्दा छिटो केन्द्रीय कार्यालयलाई पठाउने निर्देशन दिएको सो पार्टीले जनाएको छ ।

बैठकले नेपालको संविधान अनुरुप गठन हुने जिल्ला समन्वय समिति र गाउँ तथा नगरकार्यपालिकामा सदस्यको मनोनयनका निम्ति तत्कालै आवश्यक प्रबन्ध गर्न सम्पूर्ण मातहत कमिटीलाई निर्देशन दिने निर्णय गरेको बताइँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ