arrow

हेटौँडा उपमहानगरमा एमाले विजयी

logo
प्रकाशित २०७४ जेठ १० बुधबार
hetauda-uml-result-1.png

हेटौँडा। हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा(एमाले)का हरिबहादुर महत २३ हजार १२४ मत प्राप्त गरी विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत प्राप्त गरेका थिए।

त्यसैगरी उपप्रमुखमा एमालेकै मिना लामाले २३ हजार ४३६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बलराम वलले १७ हजार ११ मत प्राप्त गरे।

त्यस्तै वडा ११ को वडा अध्यक्षमा एमालेका गोकर्ण पराजुलीले एक हजार ४९३ मत प्राप्त गरी विजयी हुँदा नेपाली कांग्रेसका अर्जुनप्रसाद शर्माले एक हजार २५१ मत प्राप्त गरेका थिए।

हेटाौँडा उपमहानगरपालिकामा ८३ हजार ५९३ मतदातामध्ये ६२ हजार ८० मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ