- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतको जम्मु कश्मिरमा भारतीय सेनामा कार्यरत तीन जना गोर्खा सैनिकको मृत्यु भएको छ ।
पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतीय सेनाले जनाएको छ ।
मृत्यु हुनेहरुमा हवलदार गिरीश गुरुङ, डम्बर बहादुर र राइफल म्यान रविन शर्मा छन् ।
उनीहरुको अन्त्येष्टिमा सयौं नागरिक उपस्थित थिए । उनीहरुमा सबैभन्दा कान्छा रबिन शर्मा थिए । उनको गत माघमा मात्र बिहे भएको थियो ।
मृतक डम्बरका १५ र १३ वर्षका मोनिका र मिलन दुई सन्तान छन् ।
उनी सन् १९९६ मा सेनामा प्रवेश गरेका थिए । (अन्नपूर्ण पोस्ट दैनिक)