arrow

यसरी तयार भए थपिएका २२ स्थानीय तह, सीमा यसरी भयो निर्धारण

logo
प्रकाशित २०७४ जेठ ११ बिहिबार
local-level.jpeg

काठमाडौं । सरकारले तराईका १२ जिल्लामा २२ स्थानीय तह थप्ने निर्णय गरेको छ । दुई दिन लगाएर स्थानीय विकास मन्त्रालयको विज्ञ टोलीले स्थानीय तहको नाम र सिमाना तयार गरेको हो । 

जसअनुसार झापाको कमल, बुद्धशान्ति र झापा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गरिएको छ । 

भद्रपुर नगरपालिकाको वडा संख्या वृद्धि गरिएको छ भने वडा नम्बर ५ र ६ लाई टुक्रयाएर वडा नम्बर ५, ६ र ११ कायम गरिएको छ ।

त्यसैगरी, मोरङको विराटनगर उपमहानगरपालिकालाई महानगरमा स्तरोन्नति गरिएको छ। 

बूढीगंगा गाउँपालिकाको वडा नम्बर १, २, ३ र जहदा गाउँपालिकाको वडा नम्बर १ लाई विराटनगर उपमहानगरमा गाभेर महानगर बनाइएको हो । 

बूढीगंगा गाउँपालिकाको नाम परिवर्तन गरी मोधा बूढीगंगा नामकरण गरिएको छ ।

सुनसरीको इनरूवा नगरपालिकाको वडा नम्बर ६ लाई झिकेर गढी गाउँपालिकामा गाभिएको छ । 

गढी गाउँपालिकाको वडा नम्बर ५ र ६ तथा इनरूवा नगरपालिकाको वडा नम्बर १० लाई हरिनगरा गाउँपालिकामा गाभिएको छ । 

हरिनगराको वडा नम्बर १, २, ५, ६ र ७ लाई मिलाएर भुटाहा गाउँपालिका बनाइएको छ । 

कोशी गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा बराह नगरपालिकाको वडा नम्बर ११ लाई समावेश गरी लौकही गाउँपालिका थपिएको छ ।

सप्तरीको वोदेवरसाइन नगरपालिकाको वडा नम्बर ७, ८, ९, १०, ११ र १६ लाई झिकेर नयाँ झिकीवलान-विहुल गाउँपालिका बनाइएको छ । 

छिन्नमस्ता गाउँपालिकाको वडा नम्बर १ झिकी वेलिहचपेना गाउँपालिकाको वडा नम्बर ६ कायम गर्ने र छिन्नमस्ता गाउँपालिकाको वडा नम्बर ८ लाई वडा नम्बर १ कायम गरिएको छ । 

कञ्चनरुप नगरपालिकाको वडा नं। ११ लाई कृष्णसवरन गाउँपालिकामा लगेर वडा नम्बर ६ बनाइएको छ । 

कृष्णसवरन गाउँपालिकाको नाम परिवर्तन गरी अग्निसाइर कृष्णसवरन गाउँपालिका बनाइएको छ ।

डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १० लाई शम्भुनाथ नगरपालिकामा गाभिएको छ भने विष्णुपुर गाउँपालिकाको वडा नम्बर ५ लाई राजविराज नगरपालिकामा गाभिएको छ ।


सिरहाको कर्जन्हा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गरिएको छ । 

धनुषामा नगरान नगरपालिकाको वडा नं ९, औरही गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ लाई मिसाएर नयाँ धनौजी गाउँपालिका बनाइएको छ । 

नगराइन वडा नम्बर १० लाई जनकपुर उपमहानगरपालिकामा गाभिएको छ । 

कमला सिद्धिदात्री गाउँपालिकालाई कमला नगरपालिका कायम गरिएको छ। हंसपुर र मिथिला विहारी गाउँपालिकालाई नगरपालिका बनाइएको छ ।

महोत्तरीका सात गाउँपालिकालाई नगरपालिका बनाइएको छ। बलवा र लोहारपट्टी गाउँपालिका नगरपालिका भएका छन् । 

एकडारा गाउँपालिकाको वडा नम्बर ५ र ६ लाई मनरा गाउँपालिकामा गाभेर नयाँ मनराशिसवा नगरपालिका बनाइएको छ ।

रामगोपालपुर गाउँपालिका, औरही गाउँपालिका, मटिहानी गाउँपालिका र भंगाहा गाउँपालिकालाई नगरपालिका बनाइएको छ । 

बर्दिवास नगरपालिकाको १ नम्बर वडालाई फुटाएर वडा संख्या बढाइएको छ ।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाको वडा नं ६ र ७ तथा हरिपूर्वा नगरपालिकाको वडा नम्बर १,२,३ र ४ लाई गाभेर पर्सा गाउँपालिका थप गरिएको छ। चक्रघट्टा गाउँपालिकाको ६, ५ र ७ वडा र विष्णु गाउँपालिकाको ९, १०, ११ र १२ वडालाई गाभेर नयाँ कौडेना गाउँपालिका बनाएको छ । 

धनकौलीको ५ वटा वडा र चक्रघट्टा गाउँपालिकाको एउटा वडालाई मिलाएर छुट्टै नयाँ बसबरिया गाउँपालिका गरिएको छ । 

कविलासी गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गरिएको छ । 

बलरा नगरपालिकाको वडा नम्बर ६ लाई गोडैटा नगरपालिकामा गाभिएको छ । 

रामनगर गाउँपालिकाको ३ वडालाई धनकौल गाउँपालिकामा राखिएको छ ।

रौतहटको गौर नगरपालिकाको सातवटा वडालाई समेटेर छुट्टै राजदेवी नगरपालिका बनाइएको छ । 

गौर नगरपालिकाको १३ नम्बर वडा र अन्य दुई गाउँपालिकाको केही वडालाई समेटेर नयाँ यमुनामाई गाउँपालिका बनाइएको छ । 

बौधीमाई गाउँपालिका, वृन्दावन गाउँपालिका, देवाही गोनाही गाउँपालिका र गढीमाई गाउँपालिकालाई नगरपालिका बनाइएको छ । 

गजुरा, कटहरीय, माधवनारायण, ईशनाथ, परोहा, राजपुर, फतुवा विजयपुर र मौलापुर गाउँपालिकालाई पनि नगरपालिका बनाइएको छ । 

फेटा र प्रसौनी गाउँपालिकाको केही वडालाई मिलाएर वि श्रामपुर गाउँपालिका बनाइएको छ । पचरौता गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गरिएको छ ।

पर्साको वीरगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाइएको छ । 

सुवर्णपुर र सुगौली गाउँपालिकाको केही वडा मिलाएर जिरा भवानी गाउँपालिका, पोखरिया नगरपालिकालाई फुटाएर नयाँ कालिकामाई गाउँपालिका, सुवर्णपुर गाउँपालिकाको नाम परिवर्तन गरी ठोरी गाउँपालिका बनाइएको छ भने बहुदरमाई गाउँपालिका र पर्सागढी गाउँपालिकालाई नगरपालिका बनाइएको छ ।

बाँकेको खजुरा गाउँपालिकालाई नगरपालिका बनाइएको छ। राप्ती गाउँपालिकाको केही वडा र साविकका केही गाविसलाई मिलाएर नयाँ सोनारी गाउँपालिका बनाइएको छ । 

कैलालीको जानकी गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गरिएको छ । 

कैलारी गाउँपालिकाको केही वडा र गौरीगंगा नगरपालिकाको केही वडालाई मिलाएर नयाँ मोहना गाउँपालिका बनाइएको छ ।

कपिलवस्तुमा विभिन्न गाउँपालिकाको वडालाई फुटाएर नयाँ गौतमबुद्ध गाउँपालिका थप गरिएको छ। 

कृष्णनगर, अजिगरा, भिल्मी, पुरुषोत्तमपुर, शिवराज नगरपालिका र महाराजगन्ज नगरपालिकाको केही वडा मिलाएर नयाँ बहादुरगञ्ज गाउँपालिका बनाइएको छ । 

कनकमुनी गाउँपालिका थप गरिएको छ। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ