arrow

दक्षिण अफ्रिका विरुद्ध इंगल्याण्डको आकर्षक जित

logo
प्रकाशित २०७४ जेठ ११ बिहिबार
england-sa.jpg

लिड्स । दक्षिण अफ्रिका विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा इंगल्याण्डले आकर्षक जित हासिल गरेको छ । इंगल्याण्ड ७२ रनले विजयी भएको हो । 

इंगल्याण्डले कप्तान ओइन मोर्गानको १०७ रनको मद्धतले ६ विकेटको नोक्सानीमा ३३९ रन बनायो । मोइन अलीले नटआउट ७७ रन बनाए । 

जवाफमा पाहुना टोली दक्षिण अफ्रिकाले ४५ ओभरमा अलआउट हुँदै २६७ रन बनाएको थियो । हसिम अम्लाले ७३ र फाफ् दु प्लेसिसले ६७ रन बनाए । क्रिस वोक्सले ४ विकेट लिए । 

यो जितपछि इंगल्याण्डले ३ खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ