arrow

कर्मको फलः फरार अभियुक्त १६ वर्षपछि पक्राउ

logo
प्रकाशित २०७४ जेठ ११ बिहिबार
arrest.jpg.jpeg

दमक । कर्तव्य ज्यान मुद्दामा फरार एक जना अभियुक्त सोह्र वर्षपछि पक्राउ परेको छ । 

पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–४ का ५३ वर्षीय हर्कबहादुर राई रहेको छ । 

राईमाथि सोही नगरपालिका बस्ने भक्तबहादुर राईलाई २०५८ साल पुस ८ गते हत्या गरी फरार रहेको आरोप छ । 

जिल्ला प्रहरी कार्यालय झापाबाट खोजतलास गर्ने क्रममा आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ