arrow

प्रधानमन्त्री कप क्रिकेट: पुर्वाञ्चलको कमजोर प्रदर्शन जारी, प्रहरी बिजयी

logo
प्रकाशित २०७४ जेठ ११ बिहिबार
Cricket_PM_Police_Est.jpg

काठमाडौं। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल प्रहरीले पुर्वाञ्चललाई ९ विकेटले पराजित गर्दै आफ्नो लगातार दोस्रो जित दर्ता गरेको छ। 

टस हारेर पहिले ब्याटीङ गरेको पुर्वाञ्चलले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १०४ रन मात्र बनाएको थियो। पुर्वाञ्चलका महबुब आलमले सार्वाधिक ४० रनको योगदान दिएका थिए। उनले ४७ बलमा ३ छक्का र २ चौकाको मदतले उक्त रन बनाएका थिए।  अजय दासले १३ रन बनाएका थिए भने २० अतिरिक्त रन पुर्वाञ्चलले पाएको थियो। 

प्रहरीका सिद्धान्त लोहनीले ३.१ ओभरमा ३ रन खर्चिंदै ३ विकेट लिएका थिए। सुशील कंडेल रललित भण्डारीले २-२ विकेट हात पारेका थिए। त्यसैगरि कुशल भुर्तेल र मन्जित श्रेष्ठले १-१ विकेट लिएका थिए। 

पुर्वाञ्चलले शुरुवात मध्यम स्तरको गरेको थियो। ४ ओभरमा २४ रन बानउँदा कुनै विकेट नगुमाएको टोली १०४ रनमा समेटिएको थियो। विकेटकिपर ब्याट्सम्यान अजय दास राम्रो खेल्दै गर्दा रन आउट भएका थिए। 

५२ रन बनाउँदा ५ विकेट गुमाएको पुर्वाञ्चलको मध्यक्रम महबुब आलमले सम्हाल्ने प्रयास गरेका थिए। पुर्वाञ्चलका ब्याट्सम्यानहरुको निरिह प्रदर्शन नै हारको प्रमुख कारण हुन पुगेको थियो।  

जवाफमा ब्याटीङ गर्न ओर्लेको प्रहरीले १०५ रनको झिनो लक्ष्य १७.१ ओभरमा १ विकेटको नोक्सानीमा पुरा गरेको थियो। प्रहरीका सुनिल धमलाले ४९ बलमा ३ छख्का र ३ चौकाको मदतले ५२ रन बनाएका थिए। सुनिललाई दिलिप नाथले राम्रो साथ दिएका थिए। दिलिपले ३३ बलमा ६ चौकाको मदतले ३६ रन बनाएका थिए। 

पुर्वाञ्चलकालागि एक मात्र विकेट बिधान गोश्वामीले लिएका थिए। खेलको प्लेयर अफ द म्ायच प्रहरीका सुनील धमला घोषित भएका थिए। भोलिको खेल पुर्वाञ्चल बिकास क्षेत्र र सुदुर पश्चिम बिकास क्षेत्रका बिच हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ