arrow

आठ किलो चाँदीसहित एक जना पक्राउ

logo
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
silver.jpg

महेन्द्रनगर । करिब आठ किलो चाँदीसहित एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । 

धनुषा हरवरा–९ का कारी यादवलाई सात किलो ८०० ग्राम अवैध चाँदीसहित प्रहरीले धनुषाको धनौजीबाट जाँचका क्रममा पक्राउ गरेको हो । 

ज १ प २१७९ नंको रातो अपाचे मोटरसाइकलको सिटमुनि लुकाएर भारतबाट आइरहेका बेला जाँच गर्दा उक्त परिमाणको चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

प्रहरीका अनुसार बरामद गरेको चाँदीको गरगहना झन्डै रु चार लाख ९५ हजार बराबरको रहेको छ । 

पक्राउ परेका यादवलाई म्याद थप गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको प्रहरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ