arrow

मलेसियामा अलपत्र ५१ नेपालीको दूतावासद्धारा उद्धार

logo
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
malaysia.jpg

काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले पेकेनेनास जोहरबारु घरफिर्ती केन्द्रमा अलपत्र परेका ५१ नेपाली कामदारको उद्धार गरेको छ । 

नेपाली दूतावास क्वालालम्पुरको टोलीले गत वैशाख २६ गते घरफिर्ती केन्द्रमा रहेका नेपालीलाई उद्धार गर्ने उद्देश्यले भेटघाट गरेको थियो । 

केन्द्रबाट हवार्इ टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका सिन्धुली, सुनसरी, बागलुङ, पाँचथर, रौतहटलगायत जिल्लाका ५१ जनालाई उद्धार गरी दूतावासले खर्च बेहोरेर नेपाल पठाएको हो । 

क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार मलेसियामा अलपत्र परेकाहरुलाई घर फिर्ता पठाउने अभियान निरन्तर जारी रहनेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ