arrow

पोखरा महानगरको वडा नं २७ मा काँग्रेस प्यानल विजयी, २८ मा एमाले

logo
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
kaski-pokhara.png

पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । 

वडाध्यक्षमा नेपाली काँग्रेसका पूर्णकुमार गुरुङ एकहजार ६९० मतसहित विजयी बने भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमार गुरुङले एक हजार ३६७ मत प्राप्त गरे । 

वडाको खुला सदस्यद्वयमा प्रेमप्रसाद बराल र शेखरनाथ लामिछाने, महिला सदस्यमा बुद्धिमाया रिजाल र दलित महिला सदस्यमा सरस्वती सार्की विजयी बने । 

वडा नं २८ मा एमाले विजयी 

पोखरा–लेखनाथ महानगरपालिका वडा नं २८ मा एमालेको प्यानलै विजयी भएको छ । 

वडा नं २८ को वडाध्यक्षमा नेकपा एमालेका निर्मल दियाली सुनारले एक हजार ५२५ मत ल्याई विजयी भए । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विकास लामा गुरुङले एक हजार ४४८ मत ल्याए । 

त्यस्तै, महिला सदस्यमा अम्बिका बुढाथोकी, दलित महिला सदस्यमा कल्पना परियार, खुला सदस्यहरुमा बैनबहादुर क्षेत्री र विष्णुप्रसाद तिवारी निर्वाचित भए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ