arrow

खातापाता नियन्त्रणमा, अनुसन्धान छैन, व्यापारी भन्छन्–चुनावलाई खर्च

logo
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
Revenue_Investigation_Dept.jpg.jpeg

काठमाडौं । ठूला र मझौला धेरै व्यापारीका खाता राजस्व अनुसन्धान विभागको नियन्त्रणमा छन् । 

खातापाता यति भइसके कि विभाग राख्ने ठाउँको अभाव भइसकेको छ । 

तिनको अनुसन्धान गर्ने फुर्सद कर्मचारीसँग छैन ।

 ‘चुनावमा कर्मचारी नखट्दै यति खातापाता भइसकेका थिए कि तिनलाई साँच्चै अनुसन्धान गर्ने हो भने वर्षौ लाग्ने अवस्था थियो । 

एकजना कर्मचारी सुनाउँछन्, ‘चुनावमा कर्मचारी खटिएपछि त बेवारिसैजस्तै भएका छन् ।’ 

व्यापारीका कुरा सुन्ने हो भने यसरी नियन्त्रणमा लिइएका खातापाताको कथा अर्कै हो । ती अनुसन्धानका लागि जम्मा गरिएकै होइनन्, व्यापारीको खातापाता नियन्त्रण चुनावी खर्चका लागि हो । 

अनुसन्धान गर्ने हो भने एउटैको फाइल सल्टाउन महिनौं लाग्न सक्छ ।

विभागका कर्मचारीले त्यो खोलेर हेर्दा पनि हेर्दैनन् । 

खातापाता लगेपछि मोलमोलाई सुरु हुन्छ । ‘कतिले सल्टाएर खातापाता फिर्ता लिइसके, लिने क्रममा छन्ु, व्यापारी भन्छन्, ‘बाँकी मोलमोलाई गरिरहेका छन् ।’ (अन्नपूर्ण पोष्ट दैनिक) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ