arrow

अमेरिकाको ग्रिनकार्ड त्यागेर आएका काँग्रेसले तोडे एमालेको किल्ला 

logo
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
bamsalal-tamang-congress.jpg

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको स्थानीय तह निर्वाचनपछि ईन्द्रावती गाउँपालिकाको सर्वत्र चर्चा छ । 

एमालेको किल्ला मानिएको गाउँपालिकामा एमाले जिल्ला अध्यक्ष झम्क नेपाल बंशलाल तामाङ्सँग पराजित भए । 

त्यसमाथि विजयी तामाङ दस वर्षे अमेरिकी बसाईपछि गाउँ फर्किएका हुन् ।

चुनावअघि ग्रिनकार्ड त्याग्दै उनी कांग्रेसबाट एमाले किल्ला मानिएको स्थानमा पार्टी अध्यक्षलाई पराजित गरेपछि चर्चामा आएका हुन् । 

५३६५ भोट ल्याका तामाङ दुई सय मतान्तरले विजयी भएका हुन् । नेपालले ५१६५ मत ल्याएका थिए ।

उनी दुई वर्ष अघि २०७२ फागुनमा सम्पन्न कांग्रेस १३ औँ महाधिवेशनको बेला स्वदेश फर्किएका थिए । 

जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा विजयी भएर उनी फेरि अमेरिकातिरै लागेका थिए ।

२०३६ सालमा नेविसंघको इकाइ सभापति बनेर राजनीति थालेका उनी २०४२ को सत्याग्रह आन्दोलनमा जेलसमेत परेका थिए । 

नेविसंघ अध्यक्ष हुँदै २०५७ मा कांग्रेस जिल्ला सचिव बनेका तामाङ २०५४ को स्थानीय चुनावमा इलाका नम्बर ६ बाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

‘माओवादीको जनयुद्वका कारण अमेरिका गएको हुँ,’ तामाङले भने,‘ माओवादीले ज्यान मार्ने धम्की दिए । त्यसपछि लुक्न राजधानी पुगेँ। तर त्यहाँ पनि माओवादीले सताएपछि देशै छोड्न बाध्य भएँ।’ २०५९ सालमा गाउँबाट बिस्थापित भएका तामाङ अमेरिका पुगेका थिए। (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ