arrow

पुरानालाई रोक्न कांग्रेसमा यस्तो अभियान

logo
प्रकाशित २०७४ जेठ १२ शुक्रबार

काठमाडौं । नवघोषित विराटनगर महानगरपालिकामा कांग्रेसका लोकप्रिय युवा नेतालाई बेवास्ता गरी पुरानै अनुहारलाई प्रमुखको उम्मेदवार बनाउने तायरी भएपछि त्यसको विरोधमा युवा कार्यकर्ताले अभियान सुरु गरेका छन् । 

काठमाडौं, पोखरा र भरतपुरमा पहिलो चरणको निर्वाचनमा पार्टीले भोगेको हार र त्यस्तै हविगतको श्रृंखला दोहोरिन नदिने भन्दै युवा कार्यकर्ताले बिहीबार अभियान थालेका हुन् । 

राजनीतिक महत्त्वको विराटनगर उपमहानगरपालिका हुँदासम्म कांग्रेसका नगरसभापति भीम पराजुली प्रमुख उम्मेदवारका रुपमा निकै बलियो मानिएका थिए ।

तर, महानगरपालिका घोषणा भएलगत्तै केन्द्रीय राजनीतिमा पुगिसकेका कांग्रेस सांसद एवम् मोरङका पूर्वजिल्ला सभापति अमृत अर्याललाई प्रमुखको टिक दिने तयारी भएपछि कांग्रेसका युवा कार्यकर्ताको ठूलो समूहले खुलेरै विरोध गरेको छ। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ