arrow

ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

logo
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
accident-final.jpeg

इनरुवा । सुनसरीको इनरुवा–९ बबियामा बिहीबार ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा बबिया–९ बस्ने सजार खाँ रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । सोही घटनामा परी स्थानीय सरुख खाँ गम्भीर घाइते भएका छन् । 

बबिया शुक्रबारे हाटबाट सत्तैरझोरा जाँदै गरेको को २ त २७६८ नंको ट्र्याक्टर अनियन्त्रित भई होली पुलमा दुर्घटना हुँदा सजार र सरुख गम्भीर घाइते भएका तथा उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएकोमा उचारका क्रममा सजारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोही घटनामा परी गम्भीर घाइते भएका सरुखको ढाड र खुट्टामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ