arrow

चाँगुनारायण नगरपालिकामा काँग्रेसको अग्रता

logo
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
changunarayan_municipal.png

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं ३ मा नेकपा एमालेको समूह विजयी भएको छ । 

सो वडाको अध्यक्षमा श्यामसुन्दर धिमाल, महिला सदस्यमा रमा थापा, दलित महिला सदस्यमा सुष्मा सुनार, सदस्यहरुमा नवराज गेलाल र प्रेमबहादुर बाखु विजयी भए । 

त्यसैगरी, नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार राजाराम खड्काले दुई हजार ६१९ र उपप्रमुखमा सरु बानियाँले तीन हजार ५७ मतले अग्रता कायम गरेका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नगरप्रमुखमा सोम मिश्र दुई हजार ५२८ र उपप्रमुखमा बिना बास्तोलाले दुई हजार ५६४ मतले पछ्याइरहेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ