arrow

राजपाले चुनाव विथोल्ने, आमहड्तालको घोषणा

logo
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
rajapa_photo.jpg

काठमाडौं । संविधान संशोधनको माग उठाउँदै आएको राष्ट्रिय जनता पार्टी नेपालले आगामी जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन विथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

संविधान संशोधन नभएसम्म निर्वाचनमा सहभागि नहुने भन्दै राजपाले निर्वाचन विथोल्ने गरी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो । उम्मेदवारी दर्ता गर्ने दिनलाई लक्षित गर्दै पार्टीले जेठ १८ र १९ दुई दिन आमहड्तालसमेत आह्वान गरेको छ ।

यस्तै, शनिबारदेखि निर्वाचनसम्बन्धी सबै गतिविधिमा अवरोध गर्ने, निर्वाचन कार्यालय घेराउ गर्ने तयारी राजपाले गरेको छ । जेठ १८ र १९ आमहड्ताल गर्ने कार्यक्रम तय भएको राजपा अध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतोले बताए ।

महतोले भने, ‘१९ गतेसम्म पनि संविधान संशोधन अगाडि नबढे अझ सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्छौँ ।’ राजपाको अध्यक्ष मण्डलमा रहेका ६ सदस्य मध्ये संयोजक महन्थ ठाकुर र राजेन्द्र महतोहरु आन्दोलनमै जोड बल दिइरहेका छन् । शरतसिंह भण्डारी र महेन्द्र यादवलगायत नेताहरु भने निर्वाचनमा जानुपर्ने मनसायमा पुगेका बताइँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ