arrow

एनसेलले ल्यायो योण्डर म्युजिक एप

लाखौ गीतहरुमा निःशुल्क पहुँच, गीत सुन्न, गाउन र शेयर गर्न मिल्ने नेपालमा नै पहिलो एप 

logo
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
ncell-axiate-company-logo.jpeg

काठमाडौ। देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले गीत–संगीतका पारखीहरुलाई लाखौं गीतहरुमा निःशुल्क पहुँचको अबसर प्रदान गर्दै योण्डर म्युजिक एप नामक नयाँ डिजिटल प्लाटफर्म सार्वजनिक गरेको छ जस अन्र्तगत ग्राहकले अब धेरै भन्दा धेरै गीतहरु सुन्न तथा डाउनलोड गर्न सक्नेछन्। एनसेलले अमेरिका अवस्थित योण्डर म्युजिक ईङंकसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि नेपालमा योण्डर म्युजिक एप ल्याएको हो।  

योण्डर म्युजिक एप सबै भन्दा धेरै नेपाली गीतहरु समावेश रहेको डिजिटल म्युजिक लाइब्रेरी हो। एनसेलका ग्राहकले यही शुक्रबार (जेठ १२) बाट विविध विषेशताले भरिएको यो एप डाउनलोड गरी रोमाञ्चक सांगीतिक यात्राको लाभ लिन सक्नेछन्। एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यो म्युजिक एप सजिलै आफ्नो मोबाइल फोनमा डाउनलोड गरी पुराना देखि हालका लोकप्रिय कुनै पनि विधाका नेपाली गीत तथा अन्तर्राष्ट्रिय गीत–संगीतहरुको अनलाइन तथा अफलाइन मजा लिन सक्नेछन्।

यस योण्डर म्युजिक एप अन्तर्गत ग्राहक तथा प्रयोगकर्ताले विना कुनै विज्ञापन तथा सदस्यता शुल्क २ करोड भन्दा बढि नेपाली र अन्तर्राष्ट्रिय गीत–संगीतहरुको लाइब्रेरीमा पहुँच पाउनेछन् र सहजै आफुलाई मनपर्ने गीतहरु अनलाइन सुन्न तथा डाउनलोड गरी अफलाइन सुन्न सक्नेछन्। मोवाइल डेटा प्रयोग गरी गीत डाउनलोड गर्दा विद्यमान डेटा शुल्क लाग्नेछ।

शुरुमा अन्य नेटवर्कमा पनि उपलब्ध भएपनि सार्वजनिक भएको एक महिना पछि यो एप एनसेलको नेटवर्कमा मात्र उपलब्ध हुनेछ। अर्थात् एक महिना पश्चात  एनसेलका ग्राहकले मात्र यो एपमा रेजिस्टर गरी यसको प्रयोग गर्न सक्नेछन्।

‘आफ्ना ग्राहकका लागि योण्डर म्युजिक एप नेपालमा ल्याउन पाउँदा हामी हर्षित छौ। यो नेपालका लागि म्युजिक स्ट्रिमिङ्ग सेवामा नयाँ युगको शुरुवात हो। नेपाली गीत–संगीतहरु सहितको ठूलो सांगीतिक सामाग्रीहरु रहको यो एपले सधै थप सामाग्रीहरु खोज्ने हाम्रा ग्राहकको आवश्यकतालाई सम्बोधन गर्ने र नेपाली गीत–संगीत उद्योगको प्रवद्र्धनमा योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौ,’’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भने। 

ग्राहकले गुगल एप स्टोर तथा एप्पल एप स्टोरबाट यो एप डाउनलोड गर्न सक्न्छन्। एपमा रेजिष्ट्रे«शन पश्चात वाइफाइ वा मोबाइल डेटा दुबै माध्यमबाट गीतहरु डाउनलोड गर्न सकिनेछ । 

यस एपमा स्न्याप क्याराओके जस्तो अन्तऋियात्मक विषेशता रहेको छ। यसमा ग्राहकले आफुलाई मन पर्ने गीतको ट्रयाकमा गीत गाएर आफ्नो क्याराओके भिडियो पनि बनाउन सक्नेछन् र २९ सेकेण्ड सम्मको भिडियो अरु योन्डर एप प्रयोगकर्ता तथा सामाजिक सञ्जालहरुमा पनि शेयर गर्न सक्नेछन्। 

‘‘नेपालकै पहिलो म्युजिक स्ट्रिमिङ्ग सेवा प्रदान गर्नका लागि एनसेलसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौ। एनसेलका साथमा नेपाली गीत–संगीत उद्योगलाई माथि उठाउदै, योण्डर म्युजिकले पाइरेसीका विरुद्घको लडाईमा आफ्नो भूमिका खेल्ने छ,’’ योण्डर म्युजिक ईङ्कका प्रमुख कार्यकारी अधिकृत एडम किडरोनले भने। ‘‘नेपाली प्रतिभाको विकास, प्रवद्र्धन तथा प्रोत्साहनका लागि आफ्नो सक्रिय सहभागिता जनाउदै, गीतहरु प्रयोग भए अनुसार सम्बन्धित सबैलाई प्रत्यक्ष रुपमा त्यसको लाभ प्रदान गर्न हामी प्रतिबद्ध छौं, जुन नेपालका लागि पहिलो हो।’

यो नयाँ सहकार्य अन्र्तगत, योण्डर नेपाल (योण्डर म्युजिक को सहायक कम्पनी) ले प्रस्तोता, रचनाकार तथा संगीतकारहरुलाई रोयल्टी प्रदान गर्नेछ। नेपाली गीत–संगीत क्षेत्रको प्रवर्धन तथा विकासमा योगदान गर्ने उद्देश्य अनुरुप एनसेलले पनि पिआरबिटी सेवा अन्तर्गत रोयल्टी प्रदान गर्दै आएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ