arrow

काँग्रेसले १ नम्बर प्रदेशको उम्मेदवार टुङ्गो लगायो, ७ नम्बरको छलफल हुँदै

logo
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
Congres-FNL.jpg1.jpeg

काठमाडौँ  । नेपाली काँग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १ को पहाडी जिल्लाका उम्मेदवार टुङ्ग्याएको छ ।

केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी एवम् वरिष्ठ नेताको बैठकले प्रदेश नं १ का पहाडी जिल्लाका उम्मेदवार तय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रदेश नम्बर ७ का कैलाली र कञ्चनपुरका विषयमा छलफल सुरु भएको उनले बताए ।

शुक्रबारै ७ नम्बर प्रदेशका बाँकी जिल्ला र २ नम्बर प्रदेशको विषयमा छलफल गरिने उनले जानकारी दिए । काँग्रेसले निर्वाचन क्षेत्रीय कार्यसमितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्ग्याउने अधिकार दिएको छ । क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा आउने व्यवस्था गरेको छ ।

केन्द्रीय समितिमा आएका विषयमा पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताको समूहले निर्णय गर्ने गरेको छ । बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला लगायतका नेताको सहभागिता छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ