arrow

संसदमा नाटकीय शैलीको विरोध, एमाले सांसद मूर्ति जस्तो उभिरहे

logo
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
samsad-new.jpeg

काठमाडौं । स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ताको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले फेरि पनि संसद् बैठक अवरुद्ध गरेको छ ।

शुक्रबार दिउँसो १ बजेपछि सुरु भएको संसद् बैठक कार्यसूचीमा प्रवेश गर्न नपाउँदै एमाले सांसदहरुले विरोध गरेर बैठक अवरुद्ध पारे । सभामुख ओनसरी घर्तीमगरले आशनग्रहणका लागि पटक–पटक अनुरोध गरेपनि आसनबाट उठेका एमाले सांसदहरु बसेनन् ।

उनीहरु चुपचाप मूर्ति जस्ताे उभिरहे । सभामुख घर्तीले प्रमुख विपक्षी दलका सांसदहरु उभिएको अवस्थामा संसद् अवरोधको स्थिति रहने भन्दै बैठक अपरान्हपछि बस्ने गरी स्थगित भएको सूचना सुनाइन् । यसअघिका बैठकहरुमा विपक्षीले अवरोधका लागि उठ्ने र समय माग गरेर आफ्नो भनाइ राख्ने गरेकामा शुक्रबार एमाले सांसद मौन रहे ।

एमालेसहितको विपक्षी गठबन्धनले स्थानीय तहको निर्वाचनको तयारी भइरहेकै बेला तराई मधेसमा स्थानीय तहको संख्या थप्न गरेको निर्णय र प्रधानन्याधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै संसद् सञ्चालन हुन दिएको छैन । एमालेको अवरोधले प्रधानमन्त्रीले संसदमा सम्बोधन गरेर राजीनमा समेत दिन पाएनन् ।

यस्तै, विहिबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव समेत पारित गर्न दिइएन । यस्तै, प्रधानमन्त्रीले नीति तथा कार्यक्रम टेबुल गर्न पाएनन् ।  

लगातार संसद् स्थगित हुन पुग्दा प्रधानमन्त्री दाहालले वुधबार प्रधानमन्त्री तथा मन्त्रिपिरषद् कार्यालय सिंहदरबारबाट सम्बोधन गरेर पदबाट राजीनामा दिएका थिए ।

विपक्षी दलको अवरोधका कारण आगामी आर्थिक वर्ष २०७४–०७५ को प्रि–बजेटमाथिको छलफल समेत रोकिएको छ । संसद सचिवालयले शुक्रबारको संसद बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सदनलाई जानकारी गराउने, राष्ट्रपतिबाट सदनमा भएको सम्बोधनको प्रति टेबल गर्ने तथा संसद् अधिवेशनलाई राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने कार्यसूची तय गरेको थियो । यो कार्यसूची भने विहिबारै तय भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ