arrow

काठमाडौंमा ठूलो पानी पर्‍यो

logo
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
ktm-bad-weather.jpeg

काठमाडौं । काठमाडौं उपत्यकामा ठूलो पानी परेको भएको छ । स्थानीय वायु सक्रिय भएको र काठमाडौंको दक्षिणपट्टी न्यूनचापीय क्षेत्र विकसित भएकाले काठमाडौंमा पानी परेको मौसमविद मिन कुमार अर्यालले बताए ।

उनले भने, ‘तल्लो लियरमा बंगालको खाडीबाट आएको जलवाष्फयुक्त हावाको तह बनेको छ । तर, त्यो बलियो छैन । बलियो भए मनसुन भित्रिन सहयोग गर्ने हो ।’ दक्षिणपूर्वी हावा आएको छ । तर, त्यो पनि बलियो छैन, मौसमविद् अर्यालले भने ।

प्रि–मनसुन सक्रिय हुन खोजीरहेको छ, उनले भने, ‘मध्य र पूर्वमा अहिले प्रभाव परेको छ । पश्चिमी वायुले पश्चिममा केही वदली गराएको छ ।’ मनसुन भित्रने बेला भने भएको छैन । मौसमविद् अर्यालका अनुसार मौसम जुन १० पछि मात्रै भित्रने प्रक्षेपण हो । अहिले नै यसै हुन्छ भन्न सकिँदैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ