arrow

स्वास्थ्यमन्त्रीको योजना र आचार्यको सक्रियतामा कान्तिमा ५२ शैयाको आइसियू चाँडै सञ्चालनमा

logo
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
subodh-acharya.jpg

काठमाडौं। वालवालिकाको उपचार गर्ने केन्द्रीय सरकारी अस्पताल कान्ति वाल अस्पतालमा ५२ शैयाको आइसियू तयार भएको छ। स्वास्थ्यमन्त्री गगन थापा मन्त्री बन्नु अघी १८ शैयामा सिमित रहेको आइसियूलाई विस्तार गरि ५२ पुर्‍याइएको हो । ५२ शैयाको आइसियू बनाइएपनि जनशक्ति अभावमा ३० शैयाको मात्र आइसियू सञ्चालनमा आएको थियो। 

कान्ति वाल अस्पताल सञ्चालक समितिको अध्यक्षमा सुवोध आचार्य आए लगत्तै जनशक्ति भर्ना प्रक्रिया शुरु गरेका थिए। ६५ जना प्राविधिक जनशक्ति भर्ना भए लगत्तै कान्तिको ५२ शैया नै आइसियू सञ्चालनमा आउने भएको हो। अस्पतालले लिखितका साथै र मौखिक परिक्षा लिइ प्राविधिक जनशक्ति भर्ना गरेको हो। उनीहरुसँग करारको प्रक्रिया समेत शुरु भएको आचार्यले बताए। 

१८ शैयामा सिमित आइसियू ५२ शैयाको बनाए लगत्तै मन्त्री थापाले उद्घाटन गरेका थिए। उद्घाटन पछि पनि आइसियू जनशक्तिको अभावमा  पूर्ण रुपमा सञ्चालनमा आएको थिएन।  मन्त्रालय सम्हाले लगत्तै आइसियू विस्तारका लागि मन्त्री थापाले पहल गरेका थिए।  थापाले आइसियू बिस्तारको मात्र पहल गरेनन २ आर्थिक बर्षसम्म कार्यरत कर्मचारीको तलव भत्ताका लागि ४ करोड विनोयोजन समेत गरेका थिए। 

कान्ति अस्पताललाई वालरोगको विशिष्ट अस्पताल बनाउने मन्त्री थापाको उद्धेश्यलाई अध्यक्ष आचार्य पुरा गराउन लागिपरेका छन् । मन्त्री थापाले आफ्नो पहिलो महिनाको तलव समेत कान्ति अस्पतालको क्यान्सर कोषमा प्रदान गरेका थिए। आफ्ना छोरीहरुको उपचार गराउन समेत कान्तिमा नै लाने गरेका थापाले अस्पतालको गुणस्तरीय सेवालाई आम नागरिकको  पहुँचमा पुर्‍याउन लागिपरेका थिए। यहि पहलले यतिखेर मूर्तरुप लिन लागेको हो।

कान्तिमा आएका विरामीहरु आइसियूको अभावमा लामो समयदेखि वाहिर अन्य अस्पतालमा पठाइने गरेका थिए। उनीहरु वाहिरको महंगो सेवा लिन वाध्य थिए। आइसियूको विस्तार पछि यो समस्या हट्ने आचार्यले बताए। 

आइसियूको विस्तारसँगै अस्पतालमा विस्तारित स्वास्थ्य सेवा पेइङ्ग क्लिनिक पनि सञ्चालनमा आएको छ। अध्यक्ष आचार्यकै सक्रियतामा  पेइङ्ग क्लिनिक पनि सञ्चालनमा आएको हो। अपरान्ह ३ वजदेखि ५ वजेसम्म विशेषज्ञहरुसँग लिन सकिने यो सेवाले पनि धेरैले लाभ लिइरहेको र अस्पताललाई पनि केहि आम्दानी भएको उनले बताए। यो सेवा पछि अतिरिक्त समयमा अस्पताल छोडेर अन्य नीजी अस्पतालमा जाने डाक्टर पनि अस्पतालमै भेटिन थालेका छन्। 

मन्त्री थापाले कान्तिलाई बनाउन चाहेको सेन्टर अफ एक्सिलेन्सी बनाउन आफू लागिरहेको आचार्यले बताए।वालमानसिक रोगीका लागि सिविनसँग मिलेर ३ करोडका लागतमा भवन निर्माण हुन लागेको बताए। अहिलेसम्म वाल मानसिक रोगीका लागि छुट्टै व्यवस्था नहुँदा परेको अप्ठयारोलाई यसले सहज बनाउने उनको भनाई छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ