arrow

राजपाले आन्दोलन घोषणा गरेकै दिन सर्लाहीमा कहलिएकै नेताले पार्टी त्यागे

महेन्द्रराय यादवका विश्वास पात्र कुशवाहा माओवादी केन्द्र प्रवेश

logo
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
Rajapa-_news.jpg

काठमाडौं । राष्ट्रिय जनता पार्टी सम्मिलित संघीय गठबन्धनले चुनाव विथोल्ने गरी आन्दोलनको कार्यक्रम घोषणा गरेकै दिन सर्लाहीमा राजपाका कहलिएकै नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनीसँगै अन्य केही व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । राजपामा समाहित भएको तत्कालीन तराई मधेश सद्भावना पार्टीका सहमहामन्त्री रामचन्द्रसिंह कुशवाहा माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

कुशवाहा महेन्द्र राय नेतृत्वको तत्कालीन तमसपा जिल्ला अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । सर्लाहीका पत्रकार अमन कोइरालाले भने, ‘कुशवाहा माओवादी केन्द्र प्रवेश गर्नु भएको हो । उहाँ बाहेक राजपा वा तमसपा भनेर चिनिएका नेताहरु भने प्रवेश गरेको जानकारी छैन । अन्य कार्यकर्ता त माओवादीकै घर फिर्ति होलान् ।’ पार्टी आन्दोलनमा होमिएका बेला कुशवाहा जस्तो कहलिएको एउटै नेता पनि बाहिरिनु राजपालाई ठूलो क्षति भएको पत्रकार कोइरालाले बताए ।

सर्लाहीको ईश्वरपुरमा शनिबार आयोजित चुनावी सभामा पूर्व शिक्षामन्त्रीसमतेत रहेका गिरिराजमणि पोखरेलले नव प्रवेशीलाई स्वागत गरे ।

कुशवाहा भद्र र क्षमतावान् नेता हुन् । सुरुमा काँग्रेसकै जिल्ला नेता भनेर चिनिएका कुशवाहा महन्थ ठाकुरले गठन गरेको तमलोपा गए । पछि तमलोपाबाट महेन्द्रराय यादव फुटेपछि यादवसँग गए । यद्यपि, उनी भद्र नेताका रुपमा चिनिएको बताइएको छ । काँग्रेसबाट राजीति गरेको कुशवाहा माओवादी केन्द्र पुगे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ