arrow

काँग्रेसले प्रदेश नं १ र ७ का अधिकांश उम्मेदवार टुङ्ग्यायो

प्रदेश नं २ र ५ को टुंगो लगाउन बैठक बस्दै

logo
प्रकाशित २०७४ जेठ १३ शनिबार
congress-flag.jpg

काठमाडौँ । नेपाली काँग्रेसले यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १ र ७ का अधिकांश जिल्लामा पार्टीका उम्मेदवारको टुङ्गो लगाएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिनभर बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी एवम् प्रभावशाली केन्द्रीय सदस्यसहितको बैठकले प्रदेश नं १ र ७ मा केही जिल्लाबाहेक पार्टीका उम्मेदवार तय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बाँकी रहेका जिल्ला एवम् प्रदेश नं २ र ५ मा पार्टीका उम्मेदवारको टुङ्गो लगाउन बैठक शनिबार बिहान बस्नेछ । 

काँग्रेसले निर्वाचनका लागि क्षेत्रीय कार्यसमितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्ग्याउने अधिकार दिएको छ । 

क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा आउने व्यवस्था गरेको छ । 

केन्द्रीय समितिमा आएका विषयमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यकोे समूहले निर्णय गर्ने गरेको छ । 

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत पार्टीका प्रभावशाली केन्द्रीय सदस्यको उपस्थिति थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ