arrow

घट्दै गणतन्त्र दिवसको सम्मान, राष्ट्रपति र उपराष्ट्रपतिकै सन्तती शुशोभित

logo
प्रकाशित २०७४ जेठ १३ शनिबार
rastrapati-daughter.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवसको अवसरमा शुक्रवार आफ्ना उपराष्ट्रपतिका परिवारका सदस्यसहित २ सय ५८ जनालाई शुसोभित गरेकी छन् । 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नेकपा एमालेका तत्कालिन महासचिव एवम् आफ्ना पति मदन भण्डारीलाई मरणोपरान्त नेपाल रत्न विभुषण प्रदान गरिन् । 

सो विभुषण भण्डारीका छोरी द्वय उषाकिरण भण्डारी र निसाकुसुम भण्डारीले ग्रहण गरे ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनलाई जनसेवाश्री पदकले विभुषित गरिन् । 

पुनले आफ्नो फेसबुकमा सुशोभनका लागि उपस्थित हुन गृहमन्त्रालयले पठाएको पत्रसमेत राखेका छन् । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ