arrow

भावी प्रधानन्यायाधीशको टुंगो एक महिना नाघ्दा पनि लागेन, अन्योल बढ्यो

logo
प्रकाशित २०७४ जेठ १३ शनिबार
Supreme-Court-Nepal.jpeg

काठमाडौं । संवैधानिक परिषदले निर्धारित समयभित्र नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस नगरेर संवैधानिक प्रावधानको गम्भीर उल्लंघन गरेको पाइएको छ ।  

नयाँ प्रधानन्यायाधीशको नाम सो पद रिक्त हुन लागेको एक महिनाभित्र सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

वर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीको पदावधि सकिन आजबाट ११ दिन मात्र बाँकी रहँदासमेत हालसम्म नयाँ प्रधानन्यायाधीश चयन गर्न चासो लिएको छैन ।

प्रधानन्यायाधीश कार्कीको पदावधि जेठ २४ गतेसम्म मात्र रहेको छ ।

नेपालको संविधानको धारा २८४ को उपधारा १ मा प्रधानन्यायाधीश संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको  नियुक्तीको सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा एक संवैधानिक परिषद गठन हुने व्यवस्था रहेको छ । 

यसै गरी सोही धाराको उपाधारा ३ मा संवैधानिक परिषदले प्रधानन्याधीश वा संवैधानिक निकायका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअघि नियुक्तिका लागि सिफारिस गर्नुपर्ने उल्लेख गरिएको छ । (नेपाल समाचारपत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ