arrow

अजय सुमार्गीको ३ अर्ब २९ करोड रुपैंयाँ निकासा गर्न कसरत

logo
प्रकाशित २०७४ जेठ १३ शनिबार
ajay-sumargi.jpg

काठमाडौं । चार बर्षदेखि नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंकमा रोकिएर रहेको अजय सुमार्गीको ३ अर्ब २९ करोड रुपैंयाँ निकासा गर्न कसरत सुरु भएको छ ।

सुमार्गीले ‘दाहाल सरकार आएपछि नै उक्त पैसा निकासा गर्न कसरत गर्दै आएका थिए ।

अहिले प्रचण्ड सरकार बाहिरिएपछि उनले उक्त रकम निकासा गर्न धेरै कसरत गरे र यस विषयमा मन्त्रिपरिसद्, अर्थ मन्त्रालय तथा राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालसँग पनि पटक पटक छलफल भयो । तर राष्ट्र बैंकले रोकेर राखेको रकम भने निकासा भएन ।

सुमार्गीले विदेशी कम्पनीबाट नेपालमा लगानी गर्न भनी ११ अर्ब रुपैंयाँ नेपाल भित्र्याएका थिए । उक्त रकममध्ये ८ अर्ब रुपैंयाँ पहिला नै निकासा भइसकेको छ ।

सुमार्गीले बेलाबेला साइप्रसी कम्पनी एयरवेल तथा व्रिटिस भर्जिन आइल्याण्डको जोधार कम्पनीबाट रकम ल्याउने गरेका थिए । सुमार्गी विभिन्न कम्पनीमा लगानी गर्न भनेर उक्त रकम नेपाल भित्र्याएका हुन् ।

रकम निकासा गर्न आवश्यक कागजात जुटाउन नसक्दा डा। युवराज खतिवडा गर्भनर भएका बेलादेखि उक्त रकम निकासा रोकिएको हो । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ