arrow

भरतपुर महानगरपालिकाको मतगणना फेरि रोकियो, अर्धकट्टीसहितका १६ मतपत्र सूर्यका 

logo
प्रकाशित २०७४ जेठ १३ शनिबार
Bharatpur_Mahanagarpalika.jpg

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मतगणना फेरि पनि रोकिएको छ । पटक पटक रोकिदै आएको मतगणना यसपटक वडा नं १७ मा मतगणना हुँदाहुँदै रोकिएको हो । 

उक्त वडामा खसेको ३ हजार ८७ मत मध्ये २४ सय मत गणना हुँदा अर्धकट्टी सहितको मतपत्र फेला परेपछि दलहरुबीच विवाद भएको हो ।

अर्धकट्टी सहितका १८ वटा मतपत्र भेटिएका हुन् । 

जसले गर्दा विवाद उत्पन्न भएको हो ।  जसमा एक–एक मत गाई र रुखलाई तथा बाँकी मत सूर्यमा परेको भेटिएको छ । 

जुन मतपत्रमा निर्वाचन अधिकृतले सहि गरेका छन् । विवाद मिलाउन सर्वदलिय बैठक बसेको छ । 

निर्वाचनका क्रममा विभिन्न ठाउँमा कर्मचारीले बदमासी गरेको गुनासो बढिरहेका बेलामा बहुप्रतिक्षित क्षेत्रमा यो घटना सार्वजनिक भएको हो । 

मतगणनामा अहिलेसम्म मेयरमा एमालेका देवीप्रसाद ज्ञवालीको ३७,११८ तथा माओवादी केन्द्रकी रेणु दाहालको ३५५१८ मत छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ