arrow

भरतपुर महानगरपालिकाः रोकिएको मतगणना तीन घन्टापछि सुरु

logo
प्रकाशित २०७४ जेठ १३ शनिबार
Bharatpur_Mahanagarpalika.jpg

चितवन । अर्धकट्टीसहितको मतपत्र भेटिएपछि बिहान ६ः ३० बजेदेखि रोकिएको मतगणना तीन घन्टापछि पुनः सुरु भएको छ । 

भरतपुर महानगरपालिका–१७ को मतगणनाका क्रममा एक सय २४ मतपत्र अर्धकट्टीसहित भेटिएको थियो । 

फर्जी मतपत्र भएको हुन सक्ने जनाउँदै दलहरुले विरोध गरेपछि मतगणना रोकिएको थियो । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानका दिन अर्धकट्टीसहित मतदान भएको जनाउँदै निर्वाचनस्थलबाट मुचुल्कासमेत गरिएको थाहा भएपछि पुनः रुजु गरेर मतगणना सुरु गरिएको हो । 

महानगरका पाँच वटा वडा मतगणना गर्न बाँकीे छ । हालसम्म १३ वटा वडामा एमाले, सात वटा वडामा नेपाली काँग्रेस र तीन वटा वडामा माओवादी केन्द्रले जित हासिल गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ