arrow

माओवादी केन्द्रले तुलसीपुरमा उम्मेद्धारको टुङ्गो लगायो

logo
शरद रेग्मी,
प्रकाशित २०७४ जेठ १३ शनिबार
maobadi-tulsipur.png

तुलसीपुर ।  नेकपा माओवादी केन्द्रले तुलसीपुर उपमहानगरपालिकामा उम्मेद्धारहरु घोषणा गरेको छ । शनिबार एक कार्यक्रमकावीच केन्द्रले मेयर, उपमेयर र वडा अध्यक्षहरुको नाम घोषणा गरेको हो  । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं पाँचको अध्यक्षमा प्रेम योगीलाई उम्मेद्धार बनाएको छ ।

 त्यसैगरी सदस्यहरुमा कर्ण बहादुर दमाई , लाल बहादुर विक, दलित महिला सदस्यमा निमा दमिनि र खुला महिला सदस्यमा पार्वती कुमारी बुढाथोकिलाई उम्मेद्धार बनाईएको संघका सचिव बेद प्रसाद वलीले जानकारी दिए।  

यता तुलसीपुर उपमहानगरपालिकाको मेयरमा  सेसुराम भण्डारी , उपमेयरमा  सिता वलीलाई पार्टिले यस अघिनै घोषणा गरिसकेको छ । नेकपा माओवादि केन्द्रको उपहार गाँउ गाँउमा सिंहदरवार भन्ने नारा सहित केन्द्रले शहर देखि गाँउगाँउ सम्म चुनावि प्रचारप्रसार अभियानलाई तिव्रता दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ