arrow

राजन खत्रीले जिते कैलाश काठमाडौँ एभरेष्ट अल्ट्रा रेस

logo
प्रकाशित २०७४ जेठ १३ शनिबार
ultra-race.png

काठमाडौं ।   नेपाल आर्मीका राजन खत्रीले पहिलो खुल्ला कैलाश काठमाडौँ एभरेष्ट अल्ट्रा दौडको उपाधि माथि कब्जा जमाएका छन् | नेपाल  माउन्टेन रनिंग  संघको आयोजनामा शनिबार   काठमाडौँको चोभार देखि सुरु भएको दौड चाल्नाखेल -चार भन्ज्याङ्ग -हातिबन रिसोर्ट -चम्पादेबी हुदै चोभार जलबिनायक मन्दिरमा आएर समापन भएको थियो |

त्यस्तै दोस्रो र तेस्रो नेपाल आर्मीकै  टिका राज कटवाल र हरि रिमाल भए भने  चौथो राम जी बस्नेत भए | करिब १५.२ कि मि रहेको दौडमा खत्रीले १ घण्टा ३५ मिनेट ,कटवालले १ घण्टा ३८ मिनेट ,रिमालले १ घण्टा ४० मिनेट ,बस्नेतले १ घण्टा ४० मि ५१ से तथा पाचौ आउने नबराज साउतले १ घण्टा ४१ मिनेटमा दुरी पार गर्न सफल भए |

 उपाधि सहित प्रथम हुनेले ३० हजार , दोस्रो हुनेले २० हजार ,तेस्रो हुनेले १५ हजार ,चौथोले ५ हजार र पाचौले पच्चीस सय  रुपैया पाए |  रा खे प का सदस्य सचिब केशब कुमार बिष्ट,रा.खे प का कार्यकारी सदस्य उपेन्द्र पौडेल ,नेपाल  माउन्टेन रनिंग  संघका अध्यक्ष संजय पण्डित ,नेपाल ओलम्पिक कमिटिका सदस्य निलेन्द्र राज श्रेष्ठ ,नेपाल एथलेटिक्स संघका सदस्य सन्तोष श्रेष्ठले संयुक्त रुपमा  मेडल ,नगद ,प्रमाण पत्र प्रदान गरेका थिए |



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ