arrow

देउवाले भोट हाल्ने गन्याप धुरामा कापडीको चर्चा

logo
प्रकाशित २०७४ जेठ १३ शनिबार
dhaniram-kapadi.png

डडेलधुरा। डडेलधुरा भन्ने वित्तिकै काँग्रेस सभापति शेर बहादुर देउवाको नाम आउने गर्छ। उनै शेर बहादुर देउवाको जिल्ला डडेलधुरामा उनले नै भोट हाल्ने  गन्याप धुराको चुनावी चर्चाले यतिखेर त्यहाँको राजनीति गर्माएको छ।

देउवा को गाउपालिकामा टिकटमा रस्साकस्सी सुरु भएको हो। सो गाउँपालिकाको वडा नम्वर ५ मा विभिन्न टिकाटिप्पणी समेत सुरु भएको छ ।

२०४५ सालदेखि राजनीतिमा सक्रिय रहेका धनी राम कापडीको वडा अध्यक्षमा प्रवल सम्भावना रहेको स्थानियहरु बताउँछन्।

२०५४मा तरुण  दल अध्यक्ष रहेका त्यसयता जिल्ला सदस्य र हाल पार्टी सभापति रहेका धनी राम कापडी एक भद्र ब्यक्ति का रुपमा चिनिन्छन्।

एकदमै शालिन व्यक्तित्व भएका धनी राम कापडीको चर्चा स्थानियस्तरमा चलिरहँदा कतै उनको राजनीति हत्या त गरिदै त छैन भन्ने चर्चा पनि भएको छ।
कापडीका प्रतिष्पर्धामा रहेका भनिएका डमरू फुलारा २०५६ मा  मात्र एमालेबाट काँग्रेसमा आएका थिए। तर उनले अहिले आफूले टिकट नपाए स्वतन्त्र लड्छु भनेर प्रचार गरेको एक स्थानीयले बताए ।

अहिलेसम्म कुनै लाभको पदमा नबसेका कापडीले टिकट पाए सजिलै जितिने स्थानिय काँग्रेसका कार्यकर्ताहरुको मत छ।   

चुनावको माहौल वढ्दै जाँदा पनि काँग्रेस कार्यकर्ताहरु निष्क्रिय झै रहेका छन्। डडेलधुराका सम्पुर्ण कांग्रेस कार्यकर्ता नारायणथान र पार्टी अफिस धाउने गर्दा एमालेले ५ चोटि सम्म घरदैलो गरि सकेको छ्। काँग्रेस कार्यकर्ताहरु राजधानी मै टिकट हत्याउन लागिपरेका छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ