arrow

लुक्ला विमान दुर्घटना : गोमाका पाइलटको निधन

logo
प्रकाशित २०७४ जेठ १३ शनिबार
goma-news1.jpg

काठमाडौं । सोलखुम्बुका लुक्लामा दुर्घटना भएको गोमा (समीट)एयरको विमानका चालक पारसकुमार राईको निधन भएको छ ।

राईको उपचारकोक्रममा लुक्ला अस्पतालमा निधन भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । समीट एयरको कार्गो विमान तेन्जिङ हिलारी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका सहचालक सृजन मानन्धरको लुक्लाकै पासाङ ल्हामु निकोल निकी अस्पतालमा उपचार भइरहेको छ । यस्तै, दुर्घटनामा घाइते विमान परिचारिका प्रज्ञा मानन्धरलाई एयर डाइनेस्टीको हेलिकप्टरबाट काठमाडौं ल्याउने प्रयास गरे पनि मौसमले सम्भव नभएको बताइएको छ । लुक्लामा बिहानैदेखि मौसम विग्रिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ