arrow

काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा, राति नै परिणाम आउने

logo
प्रकाशित २०७४ जेठ १३ शनिबार
kathmandu-mahanagarpalika-metro.png

काठमाडौं। काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। जम्मा ३२ वडामध्ये हालसम्म ३१ वटाको मतगणना सम्पन्न भइसकेको छ। अब १६ नं वडाको मात्र गणना बाँकी छ। प्राप्त पछिल्लो परिणामअनुसार महानगर प्रमुखमा उम्मेदवारी दिएका नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले ६२ हजार १२५ मत प्राप्त गरेकाछन्। योसँगै शाक्यको जित सुनिश्चित प्रायः भएको छ।

त्यसैगरी, नेपाली काँग्रेसका राजुराज जोशीले ४३ हजार ९१० प्राप्त गरेका छन्। विवेकशील पार्टीकी रञ्जु दर्शनाले २२ हजार ५३९ मत प्राप्त गरेकिछिन्। साझा पार्टीका किशोर थापाले १७ हजार ८४४ र नेकपा (माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले सात हजार ४६९ मत प्राप्त गरेका छन्।

त्यसैगरी, उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीको अग्रतासँगै जित सुनिश्चित प्रायः छ। उनले हालसम्ममा ५६ हजार ३९६, राप्रपाका राजाराम श्रेष्ठले ३३ हजार ५३८, साझा पार्टीकी निरुपमा यादवले ११ हजार ६४ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी सुशीला पौडेलले नौ हजार ८०३ मत प्राप्त गरेकिछिन्।

मतगणना अन्तिम चरणमा रहेकाले आज राति नै अन्तिम परिणाम आइसक्ने काठमाडौं महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसैबीच, महानगरको १४ नं वडामा एमालेको समूह विजयी भएको छ। भर्खरै घोषणा भएको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा शोभा सापकोटाले तीन हजार ८०७ मत प्राप्त गरेकिछिन्। महिला सदस्यमा रम्मी खड्काले चार हजार ३१५, दलित सदस्यमा उर्मिला सेन्चुरीले चार हजार नौ र खुलातर्फ विनोद थापाले तीन हजार ८१६ र वसन्त महर्जनले तीन हजार ६६३ मत प्राप्त गरेका छन्।

बत्तिसवटा वडामध्ये १८ वटा वडामा एमाले र १३ वटा वडामा काँग्रेस विजयी भएका छन्। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ