arrow

महावीरले आफ्ना पदक विक्रीमा राखे, मुल्य तोकिएन

logo
प्रकाशित २०७४ जेठ १४ आइतबार
mahabir-takma.jpg

काठमाडौं । राष्ट्रलाई आवश्यक प्राविधिक जनशक्ति र प्रविधि निर्माण गर्दैै विकास अभियानमा लाग्न राष्ट्रिय आविष्कार केन्द्र गठन गरेका सामाजिक अभियन्ता महावीर पुनले आफुले पाएका राष्ट्रिय अन्तर्राष्ट्रिय पदक विक्रीमा राखेर नौलो तरंग ल्याएका छन् ।

आविष्कार केन्द्रमार्फत नयाँ योजना तय र प्रविधित उपलब्धि हासिल गर्न लागिपरेका महावीर सरकारसंग आवश्यक सहयोगका लागि हारगुहार गरेर थाकेपछि सर्वसाधारण नेपालीसंग पैसा बृद्धि र समयको सहयोग माग्दै आएका छन् ।

देश विदेशमा रहेका नेपाली हितैषीको स्वैच्छिक महादानबाट केन्द्रमा ४ करोड रुपैयाँ जम्माा भईसकेको छ, महावीर सेन्टर फर नेपाल कनेक्सनको ठमेलस्थित क्याफेमा शनिवार उनले भने ‘यही अभियानमा थोरैतिनो आर्थिक भरथेग होस भनेरै आफुले पाएका पदक विक्रीमा राखेको हुँ ।’

यी पदकहरु उनले आफ्नो ठमेल अफिसमा सार्बजनिक प्रदर्शनीमा राखेका छन् । 

यीमध्ये एसियाको नोबेल पुरस्कार मानिने म्यागासेसे उनले ५० हजार अमेरिकी डलरसहित पाएका थिए । प्रतिष्ठित पदक विक्रीमा राखिए पनि यिनको मुल्य निर्धारण गरिएको छैन ।

केन्द्रले राखेको लक्ष्य र योजनामा बल पुर्याउन १० महिनायता सुरु ‘स्वैच्छिक महादान’ मा ५० करोड रुपैंयाँ संकलन गरी जलविद्युत परियोजना संचालन गर्दै यसको नियमित आम्दानीबाट आविष्कार केन्द्रलाई परिणाममुखी बनाउने योजना बुनेको छ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ