arrow

यस्तो आयो गुनासोः दिनभरि भोकै बसेर कसरी भोट हाल्ने ?

logo
प्रकाशित २०७४ जेठ १४ आइतबार
vote.jpeg.jpeg

नेपालगन्ज । दोस्रो चरणको निर्वाचनका लागि चुनावी वातावरण बन्दै गएपछि मुस्लिम समुदायलाई भने कसरी भोट हाल्ने भन्ने चिन्ताले सताउन थालेको छ ।

मुस्लिम समुदायमा कठोर अनि निकै लामो पर्व मानिने रमजान आइतबारदेखि सुरु हुँदै छ ।

एक महिनासम्म दिनभर व्रत बसेर मुस्लिम समुदायले यो पर्व मनाउँछन् । 

यो समयमा उनीहरूले बिहान सूर्य उदाएपछि साँझ सूर्यास्त नहुँदासम्म मुखमा पानीसमेत हाल्दैनन् ।

‘यो निकै कठोर एवं हाम्रो समुदायको पवित्र पर्व हो । बिहानदेखि सूर्य नअस्ताउँदासम्म पानीसमेत नखाएर व्रत बस्नुपर्छ, धार्मिक नियम निकै कडा हुन्छ । त्यसमा पनि हाम्रो समुदायमा अझै कडाइ हुन्छ’, नेपालगन्जका व्यवसायी अब्दुल वाहिद मन्सुरीले भने,‘एकातिर देशमा चुनावको पर्व आएको छ, अर्कोतिर समुदायको यति ठूलो पर्व छ ।’ (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ