arrow

न उम्मेदवार न प्रतिनिधि अनि रोकियो काठमाडौं महानगरपालिकाको औपचारिक घोषणा

logo
प्रकाशित २०७४ जेठ १४ आइतबार
kathmandu-candidates.JPG

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना आइतबार बिहान ३ बजेभित्रै सकिएको भए पनि उम्मेदवार नहुँदा औपचारिक घोषणा रोकिएको छ । 

प्रमुख निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले आफूहरु तयारी अवस्थामा रहे पनि दलका प्रतिनिधि र उम्मेदवार नभएका कारण औपचारिक घोषणा हुन नसकेको जनाए । 

आइतबार बिहान ६ बजे घोषणाका लागि उपस्थिति हुन शनिबार नै जानकारी दिइएको भए पनि डेढ घण्टा बितिसक्दासमेत उम्मेदवार मतगणनास्थल राष्ट्रिय सभागृहमा पुगेका छैनन् । 

वैशाख ३१ गते भएको निर्वाचनको मतगणना जेठ १ गतेदेखि सुरु भए पनि १४ दिनसम्म लागेको थियो । यद्यपि ठूलो अन्तरबीच एमालेका विद्यासुन्दर शाक्य मेयरमा विजयी भएका छन् । त्यस्तै उपमेयरमा काँग्रेसकी हरिप्रभा खड्की विजयी भएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ