arrow

काठमाडौंको सबैभन्दा ठूलो वडामा काँग्रेसका मुकुन्द विजयी

logo
प्रकाशित २०७४ जेठ १४ आइतबार
rijal-congress.jpg

काठमाडौं । काठमाडौ महानगरपालिकाको सबैभन्दा धेरै जनसंख्या भएको १६ नम्बर वडाको वडाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । 

काँग्रेसका क्षेत्रीय सभापति मुकुन्द रिजाल एमाले उम्मेदवार विश्वराम सापकोटालाई ६९ मत अन्तरले पराजित गर्दै वडाध्यक्ष पद सुरक्षित गर्न सफल भएका हुन् ।

रिजालले ४३९९ मत प्राप्त गरेका छन् । एमालेको किल्ला ढलाउन सफल भएसंगै काँग्रेसमा उत्साह थपिएको छ । 

अन्य सदस्यहरु भने एमालेबाटै विजयी भएका छन् । यसअघि एमाले सांसद रामवीर मानन्धरनै सो वडाको वडाध्यक्ष थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ