arrow

उपचार नपाउँदा गोमा एयर दुर्घटनाका को–पाइलटको पनि निधन 

logo
प्रकाशित २०७४ जेठ १४ आइतबार
cargo-air.jpg

काठमाडौं । उपचारको अभावमा गोमा एयर दुर्घटनाका को–पाइलट सिर्जन मानन्धरको पनि मृत्यु भएको छ ।

काठमाडौंबाट कार्गो बोकेर लुक्ला गएको गोमा एयरको विमान शनिबार दिउँसो दुर्घटना हुँदा पाइलट पारसकुमार राईको उपचारका क्रममा मृत्यु भएको थियो भने को–पाइलट सिर्जनको थप उपचार अभावमा मृत्यु भएको हो ।

लुक्ला विमानस्थलमा अवतरणका क्रममा रुखमा ठोक्किएर विमान दुर्घटना भएको थियो । 

खराब मौसमका कारण गम्भीर सिर्जनलाई हेलिकोप्टरमा काठमाडौं ल्याउन नसकिएपछि लुक्लामै शनिबार राति मृत्यु भएको हो । 

विमानकी परिचारिका प्रज्ञा महर्जन घाइते भएकी छिन् । उनलाई काठमाडौं ल्याउन नसकिएपछि लुक्लामै उपचार भईरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ