arrow

काठमाडौँ महानगरमा एमाले र काँग्रेसको सहकार्य, सपथ १७ गते 

६१८३ मत बदर

logo
प्रकाशित २०७४ जेठ १४ आइतबार
kathmandu-mahanagarpalika-metro.png

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गरे । 

दुईसातादेखि जारी मतगणना सम्पन्न भएपछि राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत जितेन्द्र अधिकारीले मतपरिणाम घोषणा गरेका हुन् ।  

यसैगरी उपप्रमुख पदमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले ५८ हजार ९५२ मत प्राप्त गरी विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत प्राप्त गरे । 

कुल दुई लाख ७९ हजार ३०६ मतदाता रहेको महानगरपालिकामा एक लाख ९७ हजार २२७ मत खसेको थियो भने छ हजार १८३ मत बदर भएको थियो । 

महानगरपालिकाका प्रमुख, उपप्रमुख लगायतको सपथ ग्रहण यही जेठ १७ गते बुधबार बिहान ११ बजे राष्ट्रि सभागृहमा हुने निर्वाचन आयोगले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ