arrow

एमाले लोकतन्त्र मास्न कम्मर कसेर लागेको छ– डा शेखर कोइराला

एमाले–माओवादी केन्द्र–जनमोर्चा कार्यकर्ता काँग्रेसमा

logo
प्रकाशित २०७४ जेठ १४ आइतबार
shekhar-koirala.jpg

भिंग्री । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले लोकतन्त्र, संघियता र गणतन्त्र समाप्त पार्न एमाले कम्मर कसेर लागेको बताएका छन् । 

नेपाली काँग्रेस स्वर्गद्धारी नगरसमितीले प्यूठानको भिंग्रीमा आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दै उनले एमाले गफ चुटेर जनता भ्रमित पार्ने पार्टी भएको पनि बताए । 

उनले जातिय सदभाब बिथोलेर एमालेले देशलाई बिखन्डनमा लैजान लागेको  बताउँदै एमालेको भूल–भूलैयामा नलाग्न जनतालाई आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस प्यूठानका सभापति अमर भन्डारी, पूर्वसभापतिहरू दिवाकर गौतम, सुवास केसी लगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माओबादी र माओबादी केन्द्र परित्याग गरी १७५ जना काँग्रेसमा प्रवेश गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ