arrow

'महानगरको संमृद्धिका लागि मेरो पाँच वर्षीय कार्यकाल' : काठमाडौँ महानगर प्रमुख शाक्य

logo
प्रकाशित २०७४ जेठ १४ आइतबार
bidhya-sundar.png

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखले सबैसँगको सहकार्यमा महानगरको सम्पूर्ण काम गरिने बताएका छन् ।

करिब दुई हप्तादेखि जारी मतगणना परिणाम आइतबार बिहान सार्वजनिक भएपछि सञ्चारकर्मीसँग कुरा गर्दौ नेकपा(एमाले)बाट महानगर प्रमुखमा निर्वाचित विद्यासुन्दर शाक्य र नेपाली काँग्रसका तर्फबाट उपप्रमुखमा विजयी हरिप्रभा खड्कीले आगामी दिनमा सम्पूर्ण काम सहकार्यमा नै गरिने बताएका हुन् ।  

शाक्यले भने, “मेरो पाँच वर्षीय कार्यकाल सिङ्गो महानगरको संमृद्धिका लागि केन्द्रित रहने छ ।” शाक्य ६४ हजार ९१३ तथा खड्गी ५८ हजार ९५२ मत प्राप्त गरी विजयी भएका हुन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ