arrow

विकास निर्माणका काममा वनमन्त्री भण्डारी म भन्दा पनि क्रान्तिकारी –प्रचण्ड

logo
प्रकाशित २०७४ जेठ १४ आइतबार
Pm-dahal-nude-bhinttuna.jpeg

निजगढ । प्रधानमन्त्री पुष्पकमल दाहालले विकास निर्माण गर्ने कार्यमा वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारी आफू भन्दा पनि क्रान्तिकारी रहेको बताएका छन् ।

वन तथा भू–संरक्षण मन्त्री भण्डारीको सहयोगका कारण आफ्नो कार्यकालमा ऐतिहासिक विकास निर्माण कार्य अगाडि बढाउन सफल भएको प्रधानमन्त्री दाहालको भनाई रहेको छ । सो कुरा प्रधानमन्त्री दाहालले आज निजगढमा द्रुत मार्ग शिलान्यास समारोहमा बताएका हुन् ।

त्यसक्रममा प्रधानमन्त्री दाहालले द्रुत मार्गको जिम्मा नेपाली सेनालाई दिन मन्त्री भण्डारीले भूमिका खेलेको भन्दै मन्त्री भण्डारीको प्रशंसा समेत गरेका थिए ।

त्यस्तै प्रधानमन्त्री दाहालले द्रुत मार्ग निर्माणमा भौतिक तथा यातायात मन्त्री रमेश लेखकले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्री लेखकको समेत प्रशंसा गरेका थिए । कार्यक्रम प्रधानमन्त्री दाहालले द्रुतमार्गको दुरगामी महत्व भएको र द्रुत मार्गले तराई र हिमाललाई जोड्ने समेत बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ