arrow

अर्घाखाँचीमा विभिन्न पार्टीबाट काँग्रेस प्रवेश गर्नेको लर्को

logo
प्रकाशित २०७४ जेठ १४ आइतबार
cong-_prabes.jpg

काठमाडौं ।  स्थानीय तहको निर्वाचन अन्तर्गत दोस्रो चरणको निर्वाचनको संघारमा विभिन्न पार्टी परित्याग गरी ३० बढी नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नयाँ शक्तिलगायत पार्टीका नेताहरु कांग्रेसमा प्रवेश गरेको नेपाल तरुण दल अर्घाखाँचीको महाधिवेशन प्रतिनिधि कपिल पोखरेलले बताए  ।

नेपाली काँग्रेस अर्घाखाँची–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमा काँग्रेस महामन्त्री शशांक कोइरालाले फुलमाला लगाएर पार्टीमा प्रवेश गराए ।

बानेश्वरमा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले काँग्रेसले मात्र देशमा शान्ति र समृद्धि ल्याउन सक्ने दावी गर्दै पार्टीमा प्रवेश गरेकालाई सही पार्टी चयन गरेको बताए । उनले भने, ‘कांग्रेसले मात्र यो देशलाई निकास दिन सक्छ ।’

एमालेबाट केशव पोखरेल, मदन पोखरेल, लीलामणी पोखरेल, तिलबहादुर सारु, हुमबहादुर रोकाहा,  भोजराज पोखरेल, रविन्द्र पोखरेल, नारायण पोखरेल, भोज बहादुर रावललगायत रहेका छन् ।

यस्तै, माओवादी केन्द्रबाट कमलमणी पोखरेल, घनश्याम पोखरेल, केशव पोखरेल, ध्रुब भुसाल, जानका भुसाल, सोनु बीसी,  राजन पोखरेल लगायत छन् ।  बाबुराम भट्टराई नेतत्वको नयाँ शक्तिबाट अर्जुन पोखरेल, विष्णु पौडेल,  हरि विक, लक्ष्मी पोखरेल, दिपक पोखरेल, सविना बिक छन् भने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट धातानन्द पोखरेल, काशिराम पोखरेल, प्रमिला पोखरेल छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ