arrow

कपुरकोट गाउँपालिका भयो सरकार गठन

logo
शंकर के सी,
प्रकाशित २०७४ जेठ १४ आइतबार
sarkar_gathan.jpg

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र संचालन गर्ने जस्ता जिम्मा रहने गाउँकार्यपालिकाले आइतबार पूर्णता पाएको छ । कपुरकोट गाउंपालिकाका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षतामा १४ सदस्यीय कपुरकोट गाउँकार्यपालिका गठन भएको हो ।

जसमा गाउँपालिकाका उपाध्यक्ष, प्रत्येक वडाबाट निर्वाचीत वडा अध्यक्ष, ४ जना महिला सदस्य र दलित वा अल्पसंख्यकबाट २ जना सदस्य चुनिएका छन् । गाउँपालिका उपाध्यक्ष तिला बुढा, ६ वटै वडाका अध्यक्षहरु क्रमशः माओवादी केन्द्रबाट बालाराम खड्का र मान बहादुर घर्ती, नेपाली काँग्रेसबाट मिन बहादुर सेन, नेकपा एमालेबाट हरिलाल पुन, यम कुमार वस्नेत, हेरम बहादुर बुढाथोकी कार्यपालिकाको सदस्यमा आएका छन् ।

यस्तै ४ जना एमालेका महिला सदस्य निर्विरोध चुनिएका छन् । ललिता गिरी, कमला विक, भीमा भण्डारी, शान्ता ओली कार्यपालिकामा निर्विरोध चुनिएका हुन् । कार्यपालिका गठनमा अल्पसंख्यक वा दलित दुई जना सदस्यका लागि भने आइतबार मतदान भएको थियो । जसमा पनि एमालेकै ठकविर कामी र यमुना नेपालीले १९÷१९ मत ल्याएर विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ