arrow

कामचलाउ सरकारको जम्बो बजेट 

logo
प्रकाशित २०७४ जेठ १५ सोमबार
budget1.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर कामचलाउ बनिसकेको सरकारले सोमबार सार्वजनिक गर्ने आर्थिक वर्ष ०७४–०७५ को बजेटको आकार जम्बो हुने भएको छ । 

दुई चरणको स्थानीय निर्वाचनका बीचमा आचारसंहितासमेत लाग्ने भएकाले पुरानै कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको सरकारले बजेटको आकार चालु आर्थिक वर्षभन्दा २ खर्ब रुपैयाँ बढीको ल्याउने भएको छ ।

चालु वर्षको बजेट १० खर्ब ४८ अर्ब रुपैयाँको छ। आउँदो आर्थिक वर्षको बजेट रकम बढाउनैका लागि आइतबार अपराह्न योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा रहेको स्रोत समितिले बजेटको सीमा बढाएको छ ।

यसअघिको सीमा बढाएर १२ खर्ब ८० अर्ब बनाइएको बजेट निर्माणम संलग्न एक अधिकारीले बताए ।

 ‘आइतबार अबेर स्रोत समितिको बैठक बसी सीमा बढाएर १२ खर्ब ८० अर्ब रुपैयाँ बनाइएको छ’ ती अधिकारले भने । 

यसअघि समितिले १२ खर्ब ६ अर्ब रुपैयाँको बजेट तय गरेको थियो ।

नयाँ बन्ने सरकारले पुरक बजेट ल्याउन सक्ने भएकाले अहिले नै आकार बढाउँदा वित्तीय अनुशासन बिग्रने सम्भावना उच्च छ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ