arrow

चाँगुनारायण ७ मा काँग्रेसका केसी विजयी, प्रमुखमा एमाले अगाडि

logo
प्रकाशित २०७४ जेठ १५ सोमबार
changunarayan_municipal.png

भक्तपुर । चाँगुनारायण नगरपालिका–७ मा नेपाली काँग्रेसका ज्ञानबहादुर केसी वडा अध्यक्षमा विजयी भएका छन् ।  

उनले एक हजार ७१ मत प्राप्त गरे भने उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका राधाकृष्ण लामिछानेले ६९८ मत प्राप्त गरे । 

त्यसैगरी दलित महिला सदस्यमा काँग्रेसकै मनिता नेपाली ९८९, खुल्ला सदस्यतर्फ सहबुद्ध श्रेष्ठ ८९० र रमेश लामा ८८० मत ल्याएर विजयी भए । 

महिला सदस्यमा भने एमालेकी दुर्गा लामिछाने थापाले काँग्रेसकी रामलक्ष्मी लामिछानेलाई चार मतले पराजित गरिन् । 

दुर्गाले ८९० मत प्राप्त गर्नुभयो भने रामलक्ष्मीले ८८४ मत प्राप्त गरिन् । 

यसैबीच चाँगुनारायणमा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । 

चाँगुनारायणको वडा नं ७ सम्मको मतगणना सकिँदा प्रमुखमा एमालेका सोम मिश्रले २३३ मतले अग्रता लिएका छन् । 

मिश्रले छ हजार ७२ मत प्राप्त गरे भने काँग्रेसका राजाराम खड्काले पाँच हजार ८३९ मत प्राप्त गरेका छन् । 

त्यसैगरी राप्रपाका रवीन्द्र प्रताप शाहले तीन हजार ५९० र नेमकिपाका न्हुछेभक्त फोजू ले तीन हजार २१४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेकी विना बास्तोलाले छ हजार ४५३ मतका साथ अग्रता लिइरहेकी छिन् भने काँग्रेसकी राधा सरु) बाँनियाले छ हजार ३०२ मतका साथ पछ्याइरहेकी छिन् ।  

त्यस्तै राप्रपाकी युवती कार्कीले तीन हजार ८२३ र नेपकिपाकी गीता काफ्लेले दुई हजार ६९५ मत प्राप्त गरेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ