arrow

भरतपुरमा एमाले–माओवादी रडाकोः मतगणना अन्योल

logo
प्रकाशित २०७४ जेठ १५ सोमबार
bharatpur-counting.jpg

भरतपुर । भरतपुर महानगरपालिकामा एमाले र माओवादी केन्द्रले आपसमा दोषारोपण गरिरहँदा चितवन मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने मतगणनास्थल नै कब्जामा लिने प्रयास गरिएको जनाएको छ ।


मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको विज्ञप्तिमा मतगणनास्थल कब्जामा लिने प्रयास भएको जनाइएको छ । 

जवरजस्ती मतगणनास्थलमा भएका प्रतिनिधिहरु मतपत्र रहेको स्थलमा गई मतपत्र च्यात्ने र मतगणनास्थल कब्जामा लिने प्रयासमा संलग्न रहेको भन्दै प्रहरी दुई जना माओवादी केन्द्रका र एक जना एमालेका प्रतिनिधिलाई पक्राउ गरेको छ । 

वडा नम्बर १९ को मतगणना भइरहेको समयमा आइतबार राति भएको यो घटनापछि मतगणना कार्य रोकिएको छ । 

निर्वाचन अधिकृतको कार्यालयले अर्को सूचना जारी नभएसम्म मतगणना स्थगित रहने जनाएको छ । 

निर्वाचन ऐन २०७३ अनुसार मतगणना नसक्दासम्म मतपत्र च्यातिएमा यस्तो स्थानमा पुनः मतदान गराउनुपर्ने कानूनी व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ