arrow

स्थानीय तहलाई १० करोडदेखि सवा अर्बसम्मको अनुदान 

logo
प्रकाशित २०७४ जेठ १५ सोमबार
budget1.JPG

काठमाडौं । सरकारले नयाँ संरचना अनुसार स्थानीय तहहरुलाई १० करोड देखि १ अर्ब २४ अर्ब सम्म अनुदान दिने भएको छ । आर्थिक वर्ष २०७४ ७५ को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले गाउँपालिकालाई १० करोडदेखि ३९ करोडसम्म अनुदान दिने घोषणा गरे । 

यस्तो अनुदान जनसंख्या र क्षेत्रफलको आधारमा खर्च गरिने उनले स्पष्ट पारेका छन् । त्यस्तै, नगरपालिकाहरुको हकमा १५ करोडदेखि ४३ करोडसम्म अनुदान दिईने भएको छ । 

अर्थमन्त्रीका अनुसार उपमहानगरपालिकालाई ४० करोडदेखि ६३ करोडसम्म र महानगरपालिकालाई ५६ करोडदेखि १ अर्ब २४ करोडसम्म अनुदान दिईने भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ